मौद्रिक नीति समीक्षाः लघुवित्तको धितो कर्जा सीमा दोब्बर बढ्यो

0 Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले लघु वित्तले धितो दिने कर्जाको सीमा वृद्धि गरेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको समीक्षामा लघु वित्तको धितो कर्जा सीमामा नीतिगत परिमार्जन गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको समीक्षामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाख रुपैयाँबाट वृद्धि गरी १५ लाख रुपैयाँ कायम गरिने छ ।’

सम्बन्धित समाचार