कप्तान रोहित पौडेल बने ‘म्यान अफ दी म्याच’

0 Shares

काठमाडौं । वेष्ट  इण्डिज ‘ए’विरुद्धको पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेल ‘म्यान अफ दी म्याच’ भएका छन् ।

जितका लागि २०५ रनको लक्ष्य पछाएको नेपालले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर विजयी भएको थियो । विजयी खेलमा कप्तान पौडेल म्यान अफ दी म्याच बनेका हुन् ।

नेपालको जितमा कप्तान पौडेलले शानदार ११२ रनको शतकीय पारी खेले । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा वेष्ट इण्डिज ‘ए’ले पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा २०४ रन बनाएको थियो ।

वेष्ट इण्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । एलिक अथानाजेले ४७ रन बनाए ।

सम्बन्धित समाचार