काठमाडौं । नेकपा एमाले दोलखाले पार्टीको ११औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ ।
एमाले दोलखाले आज एक पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरेको जानकारी दिएको हो । महाधिवेशन प्रतिनिधिमा खुलातर्फ मेलुङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे प्रतिनिधिमा चयन भएका छन् ।
महिलातर्फ बैतश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशंकर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा छनोट भएको जनाइएको छ ।
दलिततर्फबाट शैलुङ गाउँपालिकाबाट विशाल विक र युवातर्फ जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजु महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।
उनले जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरिएको उहाँले बताए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको छ ।
दोलखामा दुई पोलिटब्यरो सदस्यहरु भएको जिल्लामा ९ महाधिवेशन प्रतिनिधिमध्ये पाँच पार्वत गुरुङ पक्षधर र चार आनन्दप्रसाद पोखरेल पक्षधर चयन छ ।