काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । जेनजी आन्दोलनपछि पुस्तान्तरणको दबाबमा परेको एमालेले भव्य कार्यक्रमको आयोजना गरेर महाधिवसन गर्ने तयारी गरेको छ । एमालेको महाधिवेशन आउन जम्मा १५ दिन मात्रै बाँकी हुँदासम्म अध्यक्षमा पुनः केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मात्रै प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । तर, पार्टीको शक्तिशाली पद मानिएको महासचिवमा आधा दर्जन भन्दा बढी नेताहरूले आकांक्षा राखेका छन् ।
एमाले अध्यक्ष ओलीले तेस्रो पटक सर्वसम्मत अध्यक्ष हुन आफ्ना सबै प्रतिस्पर्धीलाई पन्छाएर महोल बनाएका थिए । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै नवीकरण नगरेर अध्यक्षमा प्रतिस्पर्धाबाट राखेपछि पार्टी वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । जेनजी आन्दोलनमा ओलीलाई गत भदौ २३गते पोसाकमा भएका विद्यार्थीको हत्या गरेको आरोप लागेकाले त्यसबाट माहोल आफ्नो पक्षमा हुने पोखरेलको बुझाई छ । जेनजी आन्दोलनमा ओली विरोधी नेताहरूले फसाउन निक्कै खेलेका थिए त्यसैमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरेर मुद्दा चलाउन प्रयास गरे पनि नसकेपछि त्यसबाट ओलीको आत्मविश्वास बढेको छ ।
एमाले अध्यक्ष ओलीलाई चुनौती दिन पोखरेल मात्रै नभएर पूर्व राष्ट्रपति भण्डारीले दरो साथ दिने भएकाले कडा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् । पूर्व राष्ट्रपतिले खुल्लमखुल्ला रूपमा पोखरेलको पक्षमा भोट नमागे पनि भित्री रूपमा पोखरेललाई उनले साथ दिएपछि बलियो उमेदवरको रूपमा हेरिएको छ । पार्टी सचिवालयमा पोखरेल बहुमतमा भए पनि केन्द्रीय समितिमा भने ओली बहुमतमा छन् । पार्टी सचिवालयमा पोखरेलको पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य खुलेर उभिएका छन् । यस्तै सचिवद्य युवा नेता योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेता पोखरेलको पक्षमा उभिएर ओलीले अध्यक्षबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडान लिएका छन् । विचधारमा उभिएका उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ सचिव रघुवीर महासेठ र छविलाल विश्वकर्मा कता उभिन्छन् महत्वको साथ हेरिएको छ । ओलीले तेस्रो पटक तेहेरिन ७० वर्षे उमेरहद हटाउनुका साथै आफ्ना प्रतिस्पर्धी धेरैलाई पाखा लगाएका छन् । एमालेको ११औँ महाधिवेशनमा ओली र पोखरेलले प्यानलै बनाएर चुनाव लड्ने धेरै नेताहरूले आकलन गरेका छन् ।
जेनजी आन्दोलनपछि रक्षात्मक बनेका ओली महाधिवेशनमा अध्यक्षमा सजिलै आउन कठिन हुने ओली विरोधी नेताहरूले बताउने गरेका छन् । महाधिवेशनमा जिल्लाबाट आउने प्रतिनिधिमा एक्लैटी हुन सक्ने भएकाले ख्याल गर्नुपर्ने पोखरेलले बताउँदै आएका छन् । तर, एमाले नेता एवम् ओली निकट प्रभावशाली नेता महेश बस्नेतले ओलीसँग इश्वर पोखरेलले प्रतिस्पर्धा गरेमा पार्टीबाटै बाहिरिने अवस्था आउन सक्ने ठोकुवा गरे । ‘अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टी भित्र अनावश्यक तरङ्ग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ’ उनले सामाजिक सञ्जालमा बिहीबार लेखेका छन्, ‘पार्टी चुनावतिर अघि बढ्दै छ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो होरु अनेक प्रपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस् रु’
अहिलेको अवस्थामा कसले नेतृत्व दाबी गर्छ भन्दा पनि पार्टी कसले बचाउँछ भन्ने मूल प्रश्न भएको बस्नेतले बताए । ‘आजको प्रश्न “कसले नेतृत्व दाबी गर्छरु” होइन—“कसले पार्टी बचाउन सक्छरु” हो। वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमाले माथिको योजनाबद्ध प्रहारले स्पष्ट देखाइदिएको छ। पार्टीलाई अहिले मजबुत सङ्गठन, सही कार्य दिशा र जुझारु सशक्त क्रान्तिकारी पङ्क्ति चाहिन्छ, जुन के पी ओलीकै दृढ नेतृत्वमा सम्भव छ ’ उनले भनेका छन्, ‘एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र सङ्गठनको दृढता बाट मात्र सम्भव हुन्छ। पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो। पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ—स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा सङ्गठित एमाले ।’ पार्टीमा योगदान गर्न सकिन्छ भने निसर्त एकता नभए सहर्ष बिदाइ सही विकल्प भएको पोखरेललाई नेता बस्नेतले गरेका छन् ।
पार्टीको उपाध्यक्षमा खास्सै चर्को प्रतिस्पर्धा नभए पनि महासचिव पदमा भने आधा दर्जन भन्दा बढी नेताहरू प्रतिस्पर्धामा उत्रिने देखिएको छ । अध्यक्षमै ओली तेहेरिने भएपछि महासचिवमा शङ्कर पोखरेल दोहोरिने सम्भावना देखिएको छ । यस्तै उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिवद्यमा योगेश भट्टराई र गोकर्ण विष्ट हुने देखिएको छ । ओली गुटबाट पोखरेल वा ज्ञवाली महासचिवको उमेदवार हुन सक्ने आकलन गरिएको छ । महासचिवमा ओली पक्ष अर्को पोखरेल पक्षबाट प्यानलै बनाएर निर्वाचन उठ्न सक्ने भएकाले धेरै नेताहरू आ आफ्नो गुटका नेताहरू फकाउन लागि परेका छन् ।