नेपाल एसबिआई बैंकको ९ प्रतिशत लाभांश घोषणा

0 Shares

काठमाडौं। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

मंसिर ८ को बैंक सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो।

राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीलाई वितरण गरिनेछ।

सम्बन्धित समाचार