काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको सरकारले गैरजिम्मेवार निर्णय गरेको भन्दै राजीनामा माग गरेको छ । जेनजीको यो समूहले सरकार पूर्ण रुपमा भ्रष्टाचार, पक्षपात र कुशासनमा गढिएको प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएजस्ता टिप्पणी गरेको छ ।
यस्तै, महान्यायाधिवक्ता सविता बराल भण्डारीले किशोरीको डिम्ब तस्कारीमा साथ दिएको तथा प्रधानमन्त्री कार्कीका स्वकीय सचिवले आफ्नै परिवारका सदस्यालाई नियुक्ति दिएको आरोप लगाएका छन् ।
यसैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नै काकालाई डीआईजी बनाउन सशस्त्र प्रहरीमा दरबन्दी थपेर संगठित दुराचारमा गरेको आरोप लगाएको छ ।
जेनजी मुभमेन्टले विद्रोहका आदर्श, सुशासनका लागि प्राण अर्पण गरेका सहिद घाइतेसहित नेपाली जनताप्रति गम्भीर अपमानमा लाग्दा सरकारले नैतिकता र जनविश्वास दुवै गुमाएको जनाएको छ ।
