कृषि विकास बैंकले बोलायो साधारणसभा, प्रस्तावित १३ प्रतिशत लाभांश अनुमोदन गर्ने

0 Shares

काठमाडौं। कृषि विकास बैंकले १९औं वार्षिक साधारणसभा मंसिर २९ मा बोलाएको छ। बैंक सञ्चालक समितिको बिहीबारको बैठकले साधारणसभाको मिति तय गरेको हो।

साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। बैंकले ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

बोनस सेयर वितरणपछि जारी र चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ। बैंकले मंसिर १४ मा बुक क्लोज गर्ने भएको छ।

सम्बन्धित समाचार