0
Shares
काठमाडौं । सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज र छिटो बनाउन आग्रह गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने म्याद तोकिएको छ।
अन्तिम मिति नजिकिँदै जाँदा देशभरका दर्ता केन्द्रमा भीड बढेपछि सरकारले कार्यसमय बढाउने र अतिरिक्त जनशक्ति परिचालन गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री कार्यालयले प्राविधिक समस्या र जनशक्ति अभावका कारण दर्ता कार्य प्रभावित भएकाले आवश्यक परे म्याद पुनरावलोकन गर्ने र सिफ्ट थप गर्ने सुझाव पनि आयोगलाई दिएको छ।
राष्ट्रिय परिचयपत्र विभागको तथ्यांकलाई मतदाता नामावलीमा प्रयोग गर्न मिल्ने प्राविधिक तथा कानूनी प्रक्रिया अघि बढाउन पनि सरकारको सुझाव छ।