0
Shares
काठमाडौं । मधेस प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदीले एमाले नेता सरोज यादवलाई होटलमा मुख्यमन्त्रीको सपथ खुवाएपछि प्रदेश सांसदहरूले कर्मचारीमाथि दुव्र्यवहार गरेका छन् ।
एमालेका नेतालाई होटलमा लगेर मुख्यमन्त्री पदको सपथ खुवाएको भन्दै विपक्षी दलका नेताहरूले विरोध गरेका थिए । यस क्रममा कर्मचारीमाथि हातपातसँगै कुटपिट भएको थियो ।
आफूहरूमाथि हातपात भएसँगै कर्मचारीहरूले विरोध गरेका छन् । ११८ जना कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूमाथि भएको हातपातको विरोध गरी दोषीमाथि तत्काल कारबाही गर्न माग राखेका छन् ।


