सानिमा बैंकले दराजसँग दराज ११.११ मा विशेष छुट योजनाका लागि सहकार्य

0 Shares

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधि भर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्तगर्न सकिने छ ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम् १५ सय सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार सम्मको छुट प्राप्त गर्न सकिने छ ।

छुटका लागिग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदानगरिनेछ ।

यो योजना कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ ।

सम्बन्धित समाचार