पार्टी विभाजनपछि आत्तिएका विप्लव जन प्रदर्शन गर्दै

0 Shares

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले पार्टी विभाजन भएपछि आत्तिएपछि काठमाडौँमा जन प्रदर्शन गर्ने भएका छन् । पार्टी विभाजन भएपछि कमजोर भएका विप्लव आगामी कात्तिक २० गते काठमाडौँमा जन प्रदर्शन गर्न लागेका हुन् ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सेयर गर्दै स्वाधीनता र समाजवादको पक्षमा विशाल जनप्रदर्शनमा सहभागी बनौ भनेर उल्लेख गरेका छन् । पार्टीका सचिवालय सदस्य कर्णजीत बुढाको टोली र पार्टी स्थायी समिति सदस्य चिरन पुनको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय सदस्य माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेका छन् ।

पार्टी एकपछि अर्को गर्दै विभाजन हुँदै गएपछि विप्लव थप कमजोर भएका छन् ।विप्लवले आफ्नै नेतृत्वमा पार्टी निर्वाचन आयोगमा दर्ता गरेर निर्वाचनमा जाने घोषणा गरेका छन् । माओवादीसँग एकता नगरेर आगामी निर्वाचनमा एमालेसँग सहकार्य गरेर जाने तयारी गरेको नेताहरुले बताएका छन् । माओवादीका नेताहरुले विप्लव पार्टीमा आए हुन्थ्यो भन्ने अपेक्षा राखे पनि अन्तिममा विप्लव आफ्नै नेतृत्वमा पार्टी बनाएर जाने निष्कर्षमा पुगेका छन् ।

सम्बन्धित समाचार