एमालेलाई देउवाको प्रश्न- सत्तामा पुगेर मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ?

0 Shares

काठमाडौं । नेकपा एमालेको स्थापना ७५ वर्ष पूरा भएको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित बनेका छन् । उनले मदन भण्डारीको हत्यारा किन पत्ता नलगाएको ? भनेर प्रश्न गरे ।

सभापति देउवा एमालेमाथि आक्रोशित हुँदा स्वर्गीय मदन भण्डारी पत्नी तथा पूर्वराष्ट्रपति विद्या भण्डारी, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरू उपस्थित थिए ।

कांग्रेसलाई गाली गरेर केही नहुने भन्दै देउवाले हत्यारा पत्ता लाग्न नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिए । देउवाले भण्डारी दुई कार्यकाल राष्ट्रपति भएको र एमालेका नेताहरू पटक–पटक प्रधानमन्त्री भएको उल्लेख गरेका थिए ।

विं.सं. २०५० सालमा दासढुंगामा भएको घटनालाई एमालेले दुर्घटना नभएर हत्या भन्दै आएको छ । घटनापछि एमाले तत्कालिन कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको थियो ।

सम्बन्धित समाचार