0
Shares
काठमाडौं । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलाको २ हजार ९ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । हिजो सोमबार २ लाख ३९ हजार ९०० रुपैयाँ थियो ।
चाँदीको मूल्य तोलाको ६० रूपैयाँले घटेको छ । हिजो एक तोला चाँदीको मूल्य २ हजार ९८० रुपैयाँ थियो भने आज २ हजार ९२० रुपैयाँमा झरेको छ ।