सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन दुई लाख ४१ हजार ९ सय रुपैयाँ थियो।

अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो । तिहारपछि सुनको मूल्य प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तीन हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ९८० रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार