0
Shares
काठमाडौं। स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार हालसम्मकै उच्च विन्दुमा रहेको सुनको मूल्य घटेको हो।
योसँगै आज सुनको मूल्य दुई लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्यमा गिरावट आएको छ। शुक्रबार तोलामा तीन हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ।