ओली अझै सप्रिएन भन्छन्, बिग्रिएको भए पो सप्रिनू- केपी ओली

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिले नबिग्रिएको प्रतिक्रिया दिएका छन् । आजदेखि सुरु नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘ओली अझै सप्रिएन भन्छन्, केपी ओली बिग्रिएको भए पो सप्रिनू, सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो ?’

उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक हल्ला गर्नेहरू आफै सप्रिनुपर्ने बताए ।

सम्बन्धित समाचार