रास्वपाले भन्यो– जेनजी आन्दोलनका नाममा धक्की दिनेलाई कारबाही होस्

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपाको बदनाम गरेको आरोप लगाएको छ ।

रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएको भन्दै यसतर्फ गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ ।

प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र  कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ– ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारवाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’

 

सम्बन्धित समाचार