काँग्रेस, एमाले र माओवादी नेतृत्व निर्वाचनमा जान अलमल

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरी सकेको छ । गत भदौ २३ र २४ गतेको जेनजी युवाको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सडकबाटै मिल्काएपछि शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलहरूले दलहरूले विरोध जनाएका छन् ।

जनताबाट निर्वाचित संसद् आफ्नो कार्यकाल पुरा नहुँदै विघटन गरिएको भन्दै शीर्ष नेताहरू विपक्षमा उभिएका छन् । जेनजी युवाको आन्दोलनको रापताप ताजै भएकाले निर्वाचन जित्न कठिन हुने काँग्रेस एमालेको नेतृत्वको बुझाई छ । काँग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनमा जानुपर्ने विचार व्यक्त गर्न थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले तत्काल राजीनामा दिएर पार्टी पुनर्गठन लाग्नुपर्ने उनीहरुले बताउँदै आएका छन् । पार्टीकै मूल नेतृत्वले कुनै निर्णय नगर्दा कांग्रेस अलमलमा देखिएको छ ।

माओवादी मुल नेतृत्व भने निर्वाचनमा जाने वा नजाने भन्नेमा दोधारमै देखिएको छ । माओवादीका कतिपय शीर्ष नेताहरू निर्वाचनमा जानुपर्ने मत राख्ने गरेका छन् ।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने अभिव्यक्ति दिन थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमा केही दिन अघि लेखेर वरिष्ठ श्रेष्ठले जेनजी आन्दोलनमा नरसंहार र संरचना ठुलो मात्रामा ध्वस्त पारिएकाले दोषीमाथि छानबिन हुनुपर्ने माग राखेका थिए । उनले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरेर सार्वभौम सत्ता, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने सुझाव दिए ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । पार्टीकै दोस्रो तहका नेताहरूले निर्वाचनमा जान नहुने मत राख्ने गरेका छन् । निर्वाचनका सवालमा एमाले स्पष्ट रुपमा अघि आउन सकेको छैन ।  पार्टीका दोस्रो र तेस्रो तहका अधिकाशं नेताहरू बाहिर खुल्लमखुल्ला मुख नखोलेपनि निर्वाचन जानुको विकल्प नरहेको बताउन थालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जेनजी आन्दोलनमा ७३ जनाभन्दा बढी मृत्यु हुनुका साथै ठुलो मात्रामा भौतिक क्षति भएपछि सामूहिक राजीनामा दिएर बसेका छन् । ती दुई दललाई अहिलेको सांसदबाट निकास नहुने भएकाले पहिले नै राजीनामा दिएमा आगामी निर्वाचन आफ्नो पक्षमा पार्न सकिने आकलन गरेका थिए । राप्रपा सबै सांसदले पहिलै राजीनामा
दिए पनि आन्दोलनबाट खास्सै उपलब्धि हुन सकेको छैन । सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनीमा राप्रपाका नेता कार्यकर्ता देखिएपछि रक्षात्मक देखिएको छ । राप्रपा पार्टी कार्यालयदेखि नेताको घर केही भएको छैन । उल्टै नेता कार्यकर्ता सार्वजनिक र व्यक्तिको सम्पत्ति तोडफोड आगजनीमा फेला परेपछि राप्रपा रक्षात्मक बनेको छ ।

उता रास्वपा सभापति रबि लामिछाने किर्ते कागज बनाएर नख्खु जेलबाट निस्किदा देशभरबाट १५ हजार भन्दा बढी कैदी बाहिर निस्एिका थिए । जसका कारण १० जना कैदीले ज्यान गुमाउँदा रास्वपा लाई नराम्रो क्षति पुगेको छ । त्यसैमा नेता सुमना श्रेष्ठले पार्टी छोड्दा पार्टीलाई नराम्रो क्षति पुगेको छ । रबि जेलबाट निस्कदा र सुमनाले राजीनामा दिँदा त्यसकै कारण रास्वपाको आगामी निर्वाचनमा जनमत खस्कने विश्लेषण हुन थालेको छ ।

कार्की नेतृत्वको सरकार बने लगत्तै राजनीतिक विश्लेषक हरि रोकाले सडकबाट संसद् पुनर्स्थापना गर्न हुती छ भन्दै प्रश्न गरेका छन् । गत सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रोकाले राजनीतिले कोल्टे फेरिसकेकाले पुराना दलले विघटित असंवैधानिकता बारेमा धेरै राइलो गाउनुको कुनै अर्थ नभएको टिप्पणी गरेका छन् । ‘सडक आन्दोलनले सत्तारुढ गठबन्धनलाई सत्ताबाट गलहत्त्याइयो । यसको अर्थ शक्ति सन्तुलन सडक हाबी भयो र सत्तारुढ भई सक्यो । सेना लगायत स्थिर शक्तिले देखिने सुनिने गरी सडकको पक्ष लिए’ रोकाले भने, ‘अब संसद् फिर्ता कि चुनाव हुन्छ कि त आन्दोलनबाट पार्टीका सोमहरू हो हुती छ आन्दोलनमा जान ?’ जेनजीको सडक सत्ता हाबी हुन थालेपछि सबै पार्टी निर्वाचन जानुको विकल्प देखिएको छैन ।

राजनीतिक विश्लेषक हरि रोका

यदि संसद् पुनर्स्थापना गर्न आन्दोलन गर्दा राजावादी सहित जेनजी पुस्ता समेत आमान्ने सामुन्ने हुँदा मुलुकले थप क्षति व्यर्होनुपर्ने देखिएको छ । यसबाट पुराना स्थापित दललाई थप नोक्सान हुनुका साथै प्राप्त उपलब्धि समेत गुम्न सक्ने राजनीतिक विश्लेषक बताउँछन् । यो अवस्थामा निर्वाचनबाटै निकास खोज्न दलहरू लाग्नुपर्छ भन्ने धेरैको सुझाव छ ।

तीन शीर्ष नेता नेतृत्व नछाड्ने मुडमा
एमाले अध्यक्ष ओली अझै सार्वजनिक हुन सकेका छैनन् । पार्टीका नेता कार्यकर्ताले ओलीलाई जुलुस उतारेर सेनाको घेराबाट निकालेर सार्वजनिक गर्ने अभिव्यक्ति दिने गरेका छन् । सार्वजनिक मञ्चमा देखिन नसक्ने अवस्थामा पुगेका ओली पार्टीबाट राजीनामा दिने तयारी छैन् । कार्यबहाक अध्यक्ष पनि कसैलाई दिने कुनै संकेत देखाएका छैनन् । अझै पार्टी नेतृत्वमा रहेर निर्वाचनमा जाने अवस्था  छ । पार्टीका तेस्रो तहका नेताहरूले एमाले पुनर्गठन गर्नुपर्ने आवाज उठाए पनि ओलीले सुनुवाइ गरेका छैनन् ।

काँग्रेस सभापति देउवालाई जेनजी आन्दोलनकारीले घाइते बनाएकाले अस्पतालमा उपचाररत अवस्थामा छन् । तत्काल महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका छैनन् । पार्टीको महाधिवेशन गर्ने बेला आए पनि कुनै तयारी  देखिँदैन । पार्टीका महामन्त्रीद्य थापा र शर्माले सभापति देउवाले राजीनामा दिएर महाधिवेशनबाट बिदा हुनुपर्ने मत राख्दै आएका छन् ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले पार्टी नेतृत्वबाट राजीनामा दिने कुनै तयारी गरेका छैनन् । जेनजी आन्दोलनकारीले पार्टीले नै उठाएका एजेन्डा उठाएको प्रचण्डले प्रतिक्रिया दिएका छन् । पार्टीकै उपमहासचिव जनार्दन शर्माले भने अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने माग राखेका छन् । त्यसमा पार्टीका अरू नेताले प्रतिवाद गरेका छन् ।

प्रचण्ड भने विचार मिल्ने पार्टीसँग एकता गरेर निर्वाचनमा जाने तयारी गरेको नेता कार्यकर्ता बताउँछन् । अहिलेकै अवस्थामा पुराना नेतृत्वबाट निर्वाचनमा सफलता हासिल हुन्छ भन्नेमा सबै पार्टीका दोस्रो र तेस्रो तहका नेताहरू विश्वस्त हुन सकेका छैनन् । जेनजी युवाको प्रेसर त्यसैमा काठमाडौँ महानगर बालेन साह, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङ नयाँ पार्टी गठन गरे चुनौती दिने देखिएकाले पुराना दल थप कमजोर हुने धेरैले आकलन गरेका छन् ।

सम्बन्धित समाचार