0
Shares
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता एवंम् बागमती प्रदेशका सांसद भुवन कुमार पाठकले राजीनामा दिएका छन् । पाठकले बुधबार राजीनामा पत्र सामाजिक सञ्जाल फेसबुकमा राखेर सार्वजनिक गरेका हुन् ।
जेनजी आन्दोलनले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा भएको प्रदर्शनका क्रममा राज्यले अश्वभाविक रुपमा बल प्रयोग गर्दा ठुलो मात्रामा जनधनको क्षति भएकोमा पाठकले दुख व्यक्त गरेका छन् ।
राष्ट्र रोएको बेला सांसद पदमा बसिरहन स्वभाविक नलागेकाले राजीनामा दिएको पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।