पार्टी, संस्थाभित्रको फोहर सफा गर्ने सङ्कल्प गरौँ : जनार्दन शर्मा

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी,संस्थाभित्रको फोहोर सफा गर्ने सङ्कल्प गर्नुपर्ने बताएका छन् । नेता शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

उनले भने,’आफैँभित्र,पार्टीभित्र,संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने सङ्कल्प गरौँ । रूपान्तरण मार्फत सोचमा नै परिवर्तन गरेर मात्र क्षतिको पुनरावृत्ति हुनबाट बच्न बचाउन सकिन्छ ।’

गत सोमबार र मंगलबार काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो ।

शर्माले आज ती क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेका थिए ।

सम्बन्धित समाचार