प्रधानमन्त्रीमा कार्कीलाई अमेरिका र चीनद्वारा स्वागत

0 Shares

काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त भएसँगै अमेरिका र चीनले स्वागत गरेका छन् । अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनापछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो ।

लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।

‘हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुर्नस्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले अन्तरिम सरकारले आगामी महिनामा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ ।

यसैबीच, चिनियाँ विदेश मन्त्रालयले पनि नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नेपालका अन्तरिम प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन् ।

चीनले दुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने जनाएको छ ।

सम्बन्धित समाचार