नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण आज

0 Shares

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आइतबार पदभार ग्रहण गर्ने भएकी छन् । उनले आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्य तालिका छ ।

गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने गरी पदभार ग्रहणको तयारी भएको हो ।

शुक्रबार राति शपथ ग्रहणलगत्तै पदभार ग्रहणको तयारी गरिएको थियो । तर, शपथमा ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो ।

कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् ।

सम्बन्धित समाचार