केपी शर्मा ओलीविरुद्ध प्रहरीमा उजुरी दायर

0 Shares

काठमाडौं । शान्तिपूर्ण आन्दोलनमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गोली चलाउन आदेश दिएको भन्दै जेनजीका युवाहरूले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जाहेरी दिएका हुन् ।

जाहेरीमा तत्कालीन प्रधानमन्त्री ओलीले नै गोली चलाउन आदेश दिएको आरोप लगाइएको छ । घटनामा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायत ज्यान गुमाउने युवाहरूको नाम उल्लेख छ ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रुपमा पेस गर्नुपर्ने माग राखिएको छ ।

सम्बन्धित समाचार