एटीएम र डिजिटल भुक्तानी सेवा पनि सञ्चालन गर्नू : राष्ट्र बैंक

0 Shares

काठमाडौं । नेपाल बैंकर्स संघले बाणिज्य बैंकहरू बिहीबारबाट चार घण्टा खुलाउने निणर्य गरेको छ। बैंकहरू खुलेसँगै राष्ट्रबैंकले एटीएम सेवा पनि सञ्चालन गर्न निर्देशन दिएको छ।

बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले क वर्गका बैंक, विकास बैंक, वित्त कम्पनी तथा भूक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थाले व्यवसायीक निरन्तरताका लागि पनि शाखा सञ्चालनमा ल्याउन भनेको हो।

राष्ट्र बैंकले संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी सेवा सुचारु गर्न र अन्य प्रणालीको हकमा पनि जोखिमको आधारमा रिमोट एक्सेस मार्फत सञ्चालन गर्न भनेको छ।

सूचनामा शाखा कार्यलय सँगै एटीएम र उपलब्ध वित्तीय सेवा पनि सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको हो।

राष्ट्र बैंकको सूचनामा कति बजे देखी कति बजेसम्म सेवा सुचारु हुने भन्ने खुलाइएको छैन। यद्यपी बैंकर्स संघले भने १० बजे देखि २ बजेसम्मका लागि खुला गर्ने जनाएको छ।

सम्बन्धित समाचार