0
Shares
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको हो ।
योसँगै आज सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा दुई हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर दुई हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।