सिटिजन्स बैंकद्वारा तीन प्रदेशमा ‘इन्स्पाएरिङ्ख लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनार’ कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णालीर सुदूरपश्चिम प्रदेश अवस्थित शाखाका लागि आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीमाझ “इन्स्पाएरिङ्ख लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनार: अचिभिङ बजेट गोल्श एण्ड अपेरेसनल सक्सेस् इन् गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम” कार्यक्रम आयोजना गरेको छ ।

सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया भएकोे छ ।

हालै मधेस, बागमती र कोशी प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप गण्डकी, कर्णालीर सुदूरपश्चिम प्रदेशमा काठमाडौंलाई केन्द्र बनाएर सेमिनार गरिएको छ ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

समीक्षा अवधिभरमा बैंकको कर्जा प्रवाहमा ११।१५ प्रतिशत वृद्धि बढ्दै एक खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असार मसान्तमा यो रकम एक खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो ।

निक्षेप संकलनतर्फ ११.६९ प्रतिशतको वृद्धि भएको छ । जसबाट कुल दुई खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद ब्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ । जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार