0
Shares
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र तराईका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।
कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।