काठमाडौँ । आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)ले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरमा भेला भएर हातमा कालोपट्टी बाँधेर नारा लगाउँदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् । विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्। उनीहरु शिक्षा ऐनमा आफ्ना माग सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यस्तै नेपाल शिक्षक महासंघले आफ्ना माग पुरा नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन् । शिक्षा विधेयक संसदीय समितिमा पारित भएपछि संसदमा पेस भएको छ । तर सरोकारवाला निजी विद्यालय सञ्चालक र महासंघ आन्दोलनमा उत्रिएका छन्।