बर्दियाबाट ४८ लाखको भेप बरामद

0 Shares

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका ५ स्थित फूलराम चोकबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा भेप बरामद गरेको छ ।

सोमबार बिहान करिब ४८ लाख मूल्य बराबरको इलेक्ट्रिक भेप बरामद गरिएको प्रहरीले जनाएको हो ।

साइकलमा राखेर भारत लैजान लागेको अवस्थामा बिओपी शक्तिपुरका सई कमलबहादुर नेपाली नेतृत्वको टोलीले ८ कार्टुन भेप सशस्त्रले बरामद गरेको हो । भेप तस्करीमा संलग्न आरोपी फरार छन् ।

सम्बन्धित समाचार