0
Shares
काठमाडौं । रौतहटको गौरमा सुटकेशभित्र महिलाको शव भेटिएको छ । गौर नगरपालिका ९ मुडवलवा गेट नजिकै सडक किनारमा भेटिएको सुटकेशमा शव फेला परेको हो ।
शनिबार राति बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेश फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान सुटकेश खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको हो ।
प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ ।