आज मनसुन सक्रिय, यी प्रदेशमा भारी हुने

0 Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन केही सक्रिय हुने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहने छ । देशका पहाडी भागका केही स्थानमा र तराईको थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराइको भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति मधेस, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहने छ ।

मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार