काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी रकाम गर्न कुनै बाधा नभएको बताएका छन् । १७ औं नाडा अटो शोको आज उद्घाटन गर्ने क्रममा उक्त कुरा बताएका हुन् ।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।
‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन’, उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं ।’
प्रधानमन्त्रीले प्रविधिको रुपान्तरण भइ सकेकाले सबैको ध्येय विकास र समृद्धि भएको बताए । उनले लगानी कर्तालाई ढुक्कसँग लगानी गरेर देशलाई योग्दान गर्न आग्रह गरे ।