उपसभामुखको पक्षमा उभियो माओवादी, प्रचण्डले बोलाए बैठक

0 Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक राखेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेसँगै प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादीसहित दलका नेताहरू सहभागी छन् ।

प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई फोन गरेर बैठकमा सहभागी हुन आह्वान गरेका थिए । तर, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अर्थात चौधरीको श्रीमती सत्ता पक्षको बैठकमा सहभागी भएका छन् ।

सम्बन्धित समाचार