0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सहित विपक्ष दलको बैठक सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सुरु भएको हो ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउने तयारी गरेपछि विपक्ष दलको बैठक बसेर योजना बनाउन लागेको छ ।अमेरिका लैजान मानव तस्करी गरेको आरोप उपभामुखलाई लागेपछि सत्तापक्षका सांसदहरुले हस्ताक्षर गरेर हटाउने तयारी गरिएको छ । प्रतिपक्ष दलको बैठक बसेर उपसभामुखलाई हटाएको विषयमा साझा धारणा बनाउने तयारी गरेका छन् ।
हाल उपसभामुख अमेरिका भ्रमणमा गएको बताएको छ ।