0
Shares
काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला उनी भने अमेरिकामा रहेको बुझिएको छ ।
संसद सचिवालय स्रोतका अनुसार साउन ३० गते उनी अमेरिकातर्फ गएकी हुन् । उनको १० दिने व्यक्तिगत भ्रमण रहेको बताइएको छ ।
उपसभामुखलाई हटाइने चर्चाले उनको मातृ पार्टी रास्वपा तरंगित भएको छ । पार्टीका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । औपचारिक बैठक भने अहिलेसम्म डाकिएको छैन । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले मिडियाबाट खबर थाहा पाएपछि आफूहरू पार्टी कार्यालयमा अनौपचारिक कुराकानी गरिरहेको बताए । बैठक बसेर आधिकारिक धारणा बनाउने परियारले बताए । यो विषय आफूहरुलाई समेत थाहा भएकाले कुन दिन गर्छन भन्ने मात्रै भएको उनको भनाई छ ।