काठमाडौं । नागरिक उन्मुक्ति पार्टी(नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी झगडाले पार्टी विभाजनको उन्मुख अवस्थामा पुगेको छ ।
संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबिच नेतृत्व कसले हत्याउने भन्ने विषयमा अन्तरसघंर्ष हुँदा पार्टी फुटको अवस्थामा पुगेको हो । श्रीमान् चौधरीले आफू संरक्षक भएर श्रीमती श्रेष्ठलाई अध्यक्ष बनाएका थिए ।
अहिले पार्टी चौधरीपक्ष र श्रेष्ठपक्ष गरेर नेता कार्यकर्ता विभाजित गरेर लड्न थालेका छन् । दुई मध्ये एक कित्तामा नउभिए बच्न गाह्रो भएपछि उनीहरूलाई सकस पर्न थालेको छ । सुरुमा कतिपय नेता कार्यकर्तालाई श्रीमानश्रीमती मिलेरै अन्तरसंघर्ष गरेका हुन कि भन्ने परेको थियो । चौधरी र श्रेष्ठको विवाद सतहमा आउन थालेपछि कार्यकर्ता पक्ष विपक्षमा उभिन थालेका हुन् ।
अध्यक्ष श्रेष्ठले पार्टीलाई आफू अनुकूल चलाउन थालेपछि विवाद उत्कर्षमा पुगेको हो । सुरुमा चौधरीले आफूलाई अध्यक्ष बनाएर बैठकबाटै निर्णय गराएर निर्वाचन आयोग पठाएका थिए । आयोगले उनलाई मान्यता नदिएपछि दोस्रो विकल्पमा गएका थिए । दोस्रो विकल्पको रूपमा चौधरीले आफ्नै बुवा लालवीर चौधरीलाई बहुमत भेलाले निर्णय गरेर आयोगमा पठाएका थिए ।
आयोगले श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएपछि चौधरीलाई ठाउँकोमै घनले प्रहार गरे जस्तै भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै शक्तिमा श्रेष्ठ अध्यक्षमा पुनर्बहाली भएको नाउपाका नेता कार्यकर्ताले आरोप लगाउने गरेका छन् । त्यसो त आयोगको काम कारबाहीप्रति धेरैले प्रश्न उठाएका छन् ।
सद्भावना पार्टीको निर्णय र तत्कालीन नेकपा विभाजन हुँदा सत्ताकै छत्रछायामा निर्णय नगर्दा आयोगमा दलीय छाया प्रस्ट देखिएको थियो । अहिले नाउपाको निर्णयमा समेत सत्ता र दलीय प्रभाव स्पष्ट रूपमा देखिएको कतिपय विश्लेषकहरू बताउँछन् ।
अहिले सबै विकल्पहरू बन्द भएपछि चौधरीले पार्टी अध्यक्ष श्रेष्ठलाई मान्न नसकिने अवस्थामा पुगेको बताए । पार्टी अध्यक्ष श्रेष्ठलाई हटाएर पार्टीकै अर्का नेतालाई अध्यक्ष बनाउन गृहकार्यमा जुटेको उनले बताए । आफू राजनीतिमा नचाहँदा नचाहँदै आउनु परेको बताउँदै चौधरीले पार्टी नेतृत्व हत्याउन चाहना नभएको बताए । पार्टी जुन मुद्दा एजेन्डा लिएर स्थापित भयो त्यसैको जगमा उभ्याउन मात्रै खोजेको तर्क गरे ।
परिवारकै श्रीमान् श्रीमतीको झगडाले पार्टीलाई नराम्रो क्षति पुगेको छ । आफू जेलमा हुँदा चौधरीले श्रीमती श्रेष्ठलाई अध्यक्ष बनाएका थिए । निर्वाचनमा राम्रो नतिजा आएपछि पार्टी भित्र लफडा मच्चिएपछि आफै अध्यक्ष हुन खोजेका थिए । त्यसमा सफल नभएपछि बुवालाई अध्यक्ष बनाएर पार्टी चलाउन खोजेका थिए त्यसमा समेत असफल भए । उक्त निर्णय गर्दा पनि पार्टीलाई विधि र पद्धतिमा चलाउने भन्दा परिवारवाद फसाउन खोजेको चौधरीले खेपेका थिए । पार्टीलाई श्रेष्ठले आफू अनुकूल चलाउन नसकेपछि पार्टीकै अरू कुनै नेता मार्फत चलाउन खोजेका छन् ।