रुसी राष्ट्रपति पुटिन भेट्न हिँडेका ट्रम्पले के भने?

0 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग हुने भेटबारे एयर फोर्स वनमा पत्रकारसँग कुरा गरेका छन् ।

ट्रम्पले पुटिन ‘धेरै व्यापारी’सहित अमेरिका आएको प्रतिक्रिया दिए । ‘मलाई यो मन परेको छ, किनकि उनीहरू व्यापार गर्न चाहन्छन्, तर युद्ध समाप्त नभएसम्म हामी व्यापार गर्ने छैनौँ, युद्ध रोक्नुपर्छ, हत्या हिंसा रोक्नुपर्छ,’ उनले भने ।

ट्रम्पले अमेरिका अहिले ‘विश्वको सबैभन्दा आकर्षक देश’ भएको दाबी गर्न भ्याए । उनले अमेरिकाको एक अंश पुटिनलाई पनि चाहिएको बताउँदै भने ‘रुस आर्थिक रूपमा आकर्षक छैन ।’

उनले पुटिनलाई ‘स्मार्ट व्यक्ति’ भन्दै ‘दुवै पक्षमा सम्मानको स्तर राम्रो’ भएको बताए । युक्रेनमाथि जारी रुसी आक्रमणबारे ट्रम्पले पुटिनलाई यो ‘उनलाई राम्रो सम्झौता गर्न मद्दत गर्छ’ भन्ने लागे पनि तर वास्तवमा “यसले उल्टै उनलाई हानी पुर्‍याउने’ जिकीर गरे ।

एक पत्रकारले भूभागबारे सोध्दा ट्रम्पले भने, ‘यसबारे छलफल हुनेछ, तर निर्णय युक्रेनले गर्नुपर्छ, म उनीहरूको पक्षमा वार्ता गर्न यहाँ आएको होइन, यदि म राष्ट्रपति नभएको भए पुटिनले सारा युक्रेन कब्जा गर्थे, तर अब त्यो हुने छैन ।’

ट्रम्पलाई एक पत्रकारले सोधे- पुटिनले युद्ध रोकेन भने के हुन्छ ? ट्रम्पले जवाफमा भने, ‘आर्थिक रूपमा अत्यन्तै गम्भीर हो, यो निकै गम्भीर हुनेछ, म यो आफ्नै स्वार्थका लागि गरिरहेको होइन, मलाई यसको आवश्यकता छैन, म हाम्रो देशमा ध्यान दिन चाहन्छु, तर म धेरै ज्यान बचाउन यो गरिरहेको छु ।’

सम्बन्धित समाचार