मुख्यमन्त्री बानियाँले बागमतीमा गरे मन्त्रिपरिषद विस्तार, थपिए ५ मन्त्री

0 Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद विस्तार गरेका छन्।

मुख्यमन्त्री बानियाँले शुक्रबार ५ जना मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्। प्रदेश प्रमुखले ती मन्त्री नियुक्त गरेर आजै शपथ गर्ने कार्यक्रम छ।

मुख्यमन्त्री बानियाँले कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन्।

यसअघि कांग्रेसबाट आन्तरिक मामिला मन्त्रीमा शिवराज अधिकारी र खानेपानी मन्त्रीमा कृष्ण तामाङ नियुक्त भएका थिए। बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन्। बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रालय छ।

 

सम्बन्धित समाचार