पोखरा । प्रभु बैंक लिमिटेड र पोखरा महानगर ११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.बीच व्यवसायिक साझेदारीका लागि एक कार्यक्रम आयोजना गरी आफ्ना कर्मचारीसँगै ग्राहकलाई लक्षित गरी उपलब्ध सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द« अधिकृत–एन.बि.सि.ओ., राजु राना मगरले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट तथा क्रेडिट कार्डसँगै बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवामा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत यो छुट उपलब्ध गराइएको हो ।
पोखरा महानगर ११, रानीपौवामा अवस्थित, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ । प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरबीच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंकका ग्राहक लाभान्वित हुने छन् ।