गरिमा विकास बैंकको नाफा १९०% ले वृद्धि, वितरणयोग्य मुनाफा १४९% ले बढ्यो

0 Shares

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा उल्लेखनीय सुधार गरेको छ ।

बैंकले नाफा, वितरणयोग्य मुनाफा, लाभांश क्षमता, निक्षेप संकलन, कर्जा प्रवाह र प्रतिसेयर आम्दानीजस्ता महत्त्वपूर्ण सूचकहरूमा आकर्षक प्रगति हासिल गरेको छ।

वित्तीय प्रगति

खुद नाफा: बैंकको खुद नाफा १८९% ले बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो ४६ करोड ६६ लाख रुपैयाँमा सीमित थियो।

वितरणयोग्य मुनाफा: बैंकको वितरणयोग्य मुनाफामा १४९.६४% को उछाल आएको छ, जुन ७१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। यसले गर्दा बैंकको लाभांश क्षमता ५.०४% बाट बढेर १२.५९% पुगेको छ, जसले सेयरधनीलाई उच्च प्रतिफलको सम्भावना देखाउँछ।

खुद ब्याज आम्दानी: खुद ब्याज आम्दानी बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।

सञ्चालन मुनाफा: सञ्चालन मुनाफा १९५% ले बढेर १ अर्ब ८९ लाख रुपैयाँ पुगेको छ।

प्रतिसेयर आम्दानी (EPS): बैंकको प्रतिसेयर आम्दानी ७.६४ रुपैयाँबाट बढेर २३.०७ रुपैयाँ पुगेको छ।

अन्य सूचकहरूमा सुधार

निक्षेप तथा कर्जा: निक्षेप संकलन ६.९६% ले बढेर ९० अर्ब ११ करोड रुपैयाँ र कर्जा प्रवाह ७.३२% ले बढेर ६९ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

खराब कर्जा: खराब कर्जा अनुपात ४.८५% बाट घटेर ४.७२% मा सीमित भएको छ। यसले बैंकको ऋण असुलीमा सुधार आएको देखाउँछ।

कस्ट अफ फन्ड (Cost of Fund): कस्ट अफ फन्ड ६.६४% बाट घटेर ४.८४% मा झरेको छ।

प्रतिसेयर नेटवर्थ: बैंकको प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ रहेको छ।

यी सकारात्मक सूचकहरूले गरिमा विकास बैंक प्रगतिको बाटोमा अगाडि बढिरहेको स्पष्ट देखाउँछ।

सम्बन्धित समाचार