प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्य सम्पादन सम्झौता सम्पन्न

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवबीच कार्य सम्पादन सम्झौता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्य सम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

प्रधानमन्त्री ओलीले भन्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका लागि तोकिएको समयमा सम्पन्न गर्न कार्य सम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ ।

सम्बन्धित समाचार