जेभियर इन्टरनेशनल कलेजको आयोजना हुन लागेको एजुकेशन फेयर रोक्न इक्यानको माग

0 Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले स्वीकृति नलिई आयोजना गरिएको शैक्षिक मेला रोक्न आग्रह गरेको छ । इक्यानले कम्पनीले आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्र पठाएको हो ।

इक्यानले विभागलाई पत्र पठाउँदै जेभियर इन्टरनेशनल कलेजमा भइरहेको एजुकेशन फेयर रोक्न पत्र पठाएको हो । जेभियर इन्टरनेशनल कलेजको आयोजनामा आजदेखि काठमाडौँमा मेला सञ्चालन भइरहेको उल्लेख गर्दै, यस्तो कार्यक्रम रोक्न विभागलाई आग्रह गरिएको हो ।

ईक्यानले जारी गरेको विज्ञप्ति अनुसार केही संस्था वा व्यक्तिहरूले अनुमति नलिई शैक्षिक मेला सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यस्ता मेलाहरूले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रतिकूल प्रभाव पार्ने भन्दै इक्यानले सचेत गराएको हो ।

ईक्यानका अध्यक्ष शेषराज भट्टराईद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘यस प्रकारका मेलाले शिक्षा क्षेत्रको मर्यादा, पारदर्शिता र उपभोक्ताको अधिकारमा प्रभाव पार्न सक्ने भएकाले तत्काल प्रभावबाट रोकथाम तथा आवश्यक कारबाहीका लागि अनुरोध गर्दछौँ ।’

Open photo

सम्बन्धित समाचार