प्रभु साहले भने– किसानलाई प्रधानमन्त्रीले झुक्याए

0 Shares

काठमाडौं । आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले मलको अभाव नरहेको भनेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको विषयमा सत्यता नरहेको बताएका छन् ।

एकातिर किसानले मल नपाइरहेको र अर्कोतिर मल अभाव नरहेको भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेको भनेर प्रश्न उठाएका हुन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानले कालोबजारीको मल महंगोमा किन्न किसान बाध्य रहेको बताए ।

किसानको समस्या पहिचान गरेर समाधान गर्न र कम्तीमा मल समयमै उपलब्ध गराउन उनको आग्रह छ ।

सम्बन्धित समाचार