पूर्वराष्ट्रपती विद्याकी छोरी उषाकिरणले एमालेको विभागबाट दिइन् राजीनामा

0 Shares

काठमाडौं । पूर्वराष्ट्रपती विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले एमालेको केन्द्रीय विभाग सदस्यबाट राजीनामा दिएकी छिन् ।

आमा विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने नेकपा (एमाले)को निर्णयपछि छोरी उषाकिरण असन्तुष्ट थिइन् । एमालेको परराष्ट्र मामिला विभागमा सदस्य रहेकी उनले ३ दिन अघि राजीनामा बुझाएकी हुन् । उषा विद्याकी जेठी छोरी हुन् ।

यो बारेमा उषाकिरणले अहिलेसम्म केहि बोलेकी छैनन् । एमालेले पनि यसलाई गोप्य राखिरहेको छ । एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको बुझिएको छ ।

सम्बन्धित समाचार