झलनाथले भने– माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्ने चिन्तामा छु

0 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भनेर आफू लागिरहेको तर पदबाट हटाउन खोज्यो भनेर बुझिएको गुनासो गरेका छन् । त्यस्ता बुझाइहरूलाई उनले ‘कच्चापन र बचपना’को संज्ञासमेत दिएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले भनेका छन्, ‘माधव कमरेडलाई १९ करोडको मुद्दा लागेको छ । तर कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला, उहाँको प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला रु यो कुरामा म जहिले पनि सोचिरहको छु । मैले सचिवालयमा राखेको प्रस्ताव पनि त्यसै दिशामा छ ।’

माधव नेपाललाई अनुकुलता थपियोस् भनेर र यो मुद्दाबाट मुक्ति मिलोस् भनेर आफूले अध्यक्ष पद छाड्न भनेको तर त्यसलाई गलत तरिकाले बुझिएको खनालले बताए ।

सम्बन्धित समाचार