कैदीबन्दीको झडपमा एक जनाको मृत्यु, गृहमन्त्रीले बोलाए सुरक्षा प्रमुख

0 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारको सुरक्षा निकायका प्रमुखलाई बोलाएका छन् । एक जनाको मृत्यु हुने गरी भएको झडपबारे छलफल गर्न गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई बोलाएका हुन् ।

गृहमन्त्री लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि बोलाएका हुन् ।

शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको थियो । घटनामा अन्य ४७ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

अहिले कैदीबन्दीले कारागार नियन्त्रणमा लिँदा सुरक्षा व्यवस्था अव्यवस्थित बन्न पुगेको छ ।

यसबारे सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार