शनिबार मिथुन र कन्या राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

0 Shares

आज मिति २०८० साल माघ २० गते शनिबार । तदनुसार फ्रेबुअरी महिनाको ३ तारिख २०२४ । माघ कृष्ण पक्ष अष्टमी तिथि । बिहान ६ बजेर ४९ मिनेट जाँदा झुल्किएको घाम साँझ ५ बजेर ४५ मिनेटमा अस्ताउने छ ।

मेष

साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिने छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नु होला ।

वृष

परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्ने छन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

मिथुन

सुखद समाचारले दिन उत्साहपूर्ण रहने छ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिने छ भने सम्मानित स्थान प्राप्त हुन सक्छ ।

कर्कट

बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मन पर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउने छ भने साथ दिनेहरू बढ्ने छन् । रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ ।

सिंह

खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनु होला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिने छन् । लगानी परे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ ।

कन्या

भौतिक साधन जुट्नाले प्रसन्नता मिल्ने छ । आय आर्जनका स्रोत बढ्ने छन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

तुला

परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ । जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ ।

वृश्चिक

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । समाजमा तारिफ योग्य काम गर्दै नाम र दाम कमाउने समय छ । सामाजिक कार्यले हौसला प्रदान गर्ने छ । पेसा–व्यवसायमा मनग्य लाभ मिल्ने छ ।

धनु

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्ने छ । यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ ।

मकर

कामको चापले जीवन शैली व्यस्त रहने छ । परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । बोली व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नु होला ।

कुम्भ

अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नु पर्नेछ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्ने छन् । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला ।

मीन

नयाँ अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहने छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । गुरुजनको साथ–सहयोग जुट्नाले अध्ययनमा प्रगति हुनेछ ।

सम्बन्धित समाचार