भदौ २९ गते सोमबार तपाईको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८३ साल भदौ २९ गते, सोमबार। सन् २०२६ सेप्टेम्बर १४ तारिख । नेपाल संवत् ११४६, रौद्र संवत्सर, दक्षिणायन, वर्षा ऋतु। भाद्र शुक्लपक्षको तृतीया तिथी । आज बिहान ५ बजेर ४९ मिनेटमा झुल्किएको घाम ६ बजेर ८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । नियमित व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइने समय छ । तथापि, इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आम्दानी बिगार्नेहरू सक्रिय रहने योग छ ।

बृष

भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ ।

मिथुन

शुभदायी समय हुनाले एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । क्षमता तथा प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्नसक्छ, मौको लाभ लिने प्रयत्न गर्नुहोला ।

कर्कट

भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । ब्यवसायमा पनि राम्रै लाभ हुनेछ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ, सजग रही व्यवहार गर्नु उचित होला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुपर्नेछ । अध्ययन–अध्यापनमा उत्साह जागृत हुनेछ । सहयोगीजनले लाभ नै दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।

सिंह

नियमित कार्यमा केही चुनौती बढ्न सक्ने समय छ । अप्ठ्यारा कामको बोझ थपिने तथा अवसर आए पनि मौकामा लाभ उठाउन मुस्किल पर्ने देखिन्छ । ठूलै प्रयत्न गर्दा पनि सामान्यमा फाइदा हुने देखिन्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, ध्यान राख्नुहोला । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । कसैसँग सामान्य मनमुटाव पनि पर्ने सम्भावना छ ।

कन्या

सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यबल बढ्नेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । व्यवसायिक प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

तुला

नियमित कार्यबाट फुर्सदिलो अनुभूति भइ सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । साझेदारीबाट लाभ मिल्ने देखिन्छ । रोकिएका काम पुनः प्रयत्न गरे सफलता मिल्नेछ । यात्रागत कार्यमा खर्च बढेपनि सफलता र सन्तुष्टि प्राप्त होला ।

वृश्चिक

मान, विद्या एवम् विशेष उपहार प्राप्त हुने समय छ । व्यवसाय विस्तारका लागि यात्राको अवसर जुर्न सक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ भने धनलाभको योग छ । सामथ्र्य वृद्धि भइ रोकिएको काम बन्ने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला ।

धनु

सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले जोश–जाँगरमा कमी आउने देखिन्छ । पठनपाठनमा खासै समय दिन नसकिएला । नचिताएको ठाउमा धन खर्च हुनसक्छ, सचेत रही आर्थिक व्यवहार गर्नुहोला ।

केही प्रतिस्पर्धा गर्नुपरे पनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । शत्रुपक्षको चलखेल बढ्नाले चुनौती बढ्नसक्छ, तर जित तपाईंकै हुनेछ । कुनै नयाँ काम अघि बढाउने योजनामा हुनुहुन्छ भने उचित समय आएको छ । प्रेम सम्बन्धमा उत्साह जागृत हुने योग छ ।

कुम्भ

सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।

मीन

मिश्रित फलदायी समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिएला । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ भने सेवामूलक कामबाट समेत धनलाभको योग छ । आफन्तबाट टाढिनुपर्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ ।

सम्बन्धित समाचार