दीपिका पादुकोणले खेलेको एउटा विज्ञापनको १ अर्ब ९० करोड भ्यूज

0 Shares

काठमाडौं । सामाजिक संजालमा पोष्ट गरिएको कुनै प्रचार सामाग्री कति पटक हेरिएला ? एक लाख, १० लाख वा करोड ?

भारतीय अभिनेत्री दीपिका पादुकोणले खेलेको हिल्टन होटलको एउटा प्रचार सामाग्री अर्थात विज्ञापनले सामाजिक संजालमा अहिलेसम्मका धेरै रेकर्ड तोडेको छ ।

इन्टाग्राममा केही दिन अघि पोष्ट गरिएको विज्ञापन सामाग्री मंगलबारसम्म १ अर्ब ९० करोड भ्यूज पाइसकेको छ । उनको इन्स्टाग्राममा ८० लाख जना फलोअर्सहरु छन् ।

यो इन्स्टाग्राममा मात्र नभएर कुनै पनि सामाजिक संजालमा राखिएको विज्ञापन सामाग्री वा क्लिप्सहरु मध्ये सबैभन्दा धेरै पटक हेरिएको सामाग्री बनेको छ ।

सम्बन्धित समाचार