आजै छुट्दै दुर्गा प्रसाईं, स्वागत गर्न पुगे समर्थक

0 Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं आजै रिहा हुने भएका छन् । यसअघि उनलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

सोमबार साँझ अदालतबाट आदेश सुनेर उनलाई डिल्लीबजार कारागार ल्याइएको छ । प्रसाईंलाई स्वागत गर्न उनका समर्थकहरुको भीड लागिरहेका छन् ।

अदालतले प्रसाईंलाई बैकिङ कसुरमा २५ लाख र चैत्र १५ गत भएको राजावादी आन्दोलनमा तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

सम्बन्धित समाचार